प्रधानन्यायाधीश जवरा सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु — OSNepal

प्रधानन्यायाधीश जवरा सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु

LC (KTM) October 26, 2021 0

काठमाडौँ ९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु भएको छ । न्यायलमा भएको समस्या सुधारको लागि आजको यो छलफल सुरु भएको हो ।

मन्त्रिमण्डल विस्तारको क्रममा प्रधानन्यायाधीशले भागवण्डा मागेपछि विवाद र्सिजना सुरु भएको थियो । आजको यो छलफलमा अदालतका न्यायाधीशहरुले जवराको राजीनामा समेत माग गर्ने बताइएको छ ।

सोमबार पुर्व चार प्रधानन्यायाधीश हरुले पनि जवराको राजीनामा माग गरेका थिए । त्यस्तै, नेपाल बार एशोसिएसनले पनि निकास दिन आग्रह गर्ने भन्दै आएको छ ।

जवराले भने बीबीसी न्युज नेपालीसँगको कुराकानीमा भने आफुले पदबाट राजीनामा नदिने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर