हिजो एमालेको सरकार ढाल्न पाकिस्तानी शैलीमा उत्रिएहरु आज आफ्नै पोल खोला–खोलमा व्यस्त छन् : अध्यक्ष ओली — OSNepal

हिजो एमालेको सरकार ढाल्न पाकिस्तानी शैलीमा उत्रिएहरु आज आफ्नै पोल खोला–खोलमा व्यस्त छन् : अध्यक्ष ओली

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका तीनवटै निकायहरू अशक्त भएको टिप्पणी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको विषयमा चर्चा भइरहेकोम समयमा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

सरकार सम्पूर्ण रूपमा असफल भएको बताएका उनले राज्यका निकायहरू मर्यादित र शक्ति पृथकीकरणको आधारमा चल्नुपर्ने बताएका छन् । आफ्नो सरकारलाई पाकिस्तानी शैलीमा हटाई परमादेशबाट सरकार बनाइयो अहिले तिन्यायाधिशहरु नै आफ्नै पोल खोल्दै बसेको बताएका छन् ।

‘उधिन्न जाँदा के–के रहेछ भन्ने देखिन थालेको छ । पाँचैजनाले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्‍याउनु​ भएको छ । एकजनाले किन राजीनामा गर्नुहुन्छ ? पाँचैजनाले राजीनामा गरे हुन्न ’ पार्टीको पालिका स्तरको अधिवेशनको उद्घाटन कार्यक्रममा ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर