अध्यक्ष नेपालको प्रस्ताव : तिनै तहको चुनाव एकैपटक गरौँ, खर्च पनि कम लाग्छ, राष्ट्रको सम्पत्ति पनि जोगिन्छ — OSNepal

अध्यक्ष नेपालको प्रस्ताव : तिनै तहको चुनाव एकैपटक गरौँ, खर्च पनि कम लाग्छ, राष्ट्रको सम्पत्ति पनि जोगिन्छ

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै चसनाव एकै पटक गरे राज्यले ठुलो आर्थिक भार गर्नुनपर्ने बताएका छन् ।

शुक्रबार पत्रकार महासंघ गण्डकीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले यसले कानुनी हिसाबमा केके अड्चन आउँने थाहा नभए पनि आफ्नो दिमाखमा भने यो कुरा आइरहेको बताएका छन् ।

तीन प्रदेशको चुनाव एकै पटक राखै खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने बताएका छन् ।

‘यसको कानुनी जटिलता केही छन् कि, होइन भने त्यही बाटोमा किन नजाने भन्ने कुरा हो । मलाई लाग्छ है, व्यक्तिगत रुपमा !,५ दलीय गठबन्धनमा यो कुरा राखेको पनि छैन । पार्टीको कानुन विभाग र निर्वाचन आयोगसँग पनि कुरा गर्न पाको छैन ।’ कार्यक्रममा अध्यक्ष नेपालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर