खुशीको खबर, पछिल्लो २४ घण्टामा ४ हजार २२ जनाले जिते कोरोना — OSNepal

खुशीको खबर, पछिल्लो २४ घण्टामा ४ हजार २२ जनाले जिते कोरोना

LC (KTM) May 09, 2021 0

काठमाडौँ —नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६६७ पुगेको छ । मन्त्रालयका अनुसार छिल्लो २४ घन्टामा ४ हजार २२ जना निको भएका छन् । त्यस्तै कोरोनाबाट ५२ जनाको दुखद निधन भइसकेको छ ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७२० र निको हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको छ ।यस्तै काठमाडौं उपत्यकामा ४ हजार १९८ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।१८ हजार ७८७ पीसीआर परीक्षणमा नेपालमा ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर