सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ कोरोना सङ्क्रमितको मृ त्यु — OSNepal

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ कोरोना सङ्क्रमितको मृ त्यु

LC (KTM) May 09, 2021 0

धनगढी, २६ वैशाख – कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्या न गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृ त्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठकाअनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिका–९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–४ की ३५ वर्षीया महिला, धनगढी–१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको मु त्यु भएको हो ।

यस्तै आइतबार नै कैलालीको गोदावरी नगरपालिका–२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृ त्यु भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर