नेपाल समुहका ११ जनालाई निष्काशित गरेपछि,अब सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टिकरण सोध्ने तयारी — OSNepal

नेपाल समुहका ११ जनालाई निष्काशित गरेपछि,अब सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टिकरण सोध्ने तयारी

LC (KTM) May 25, 2021 0

काठमाडौं ११ जेठ । नेकपा एमालेबाट वरिष्ठ नेता पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेता पार्टीबाट निष्काशित भएका छन् । आफ्नै पार्टीको सरकार विरुद्ध सर्वोच्च पुगेका एमालेका नेपाल सुमहका ११ जनालाई हिजो बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले यस्तो निणर्य गरेको हो ।

बैठकले अब १२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ । योसँगै अब एमाले पनि फुटको नजिक पुगेको छ भने कानुनी रुपमा मात्र अब अलग हुन बाँकी रहेको छ । प्रधानमन्त्री केपी ओली सरकारको विरोधमा लागेका नेपाल समुहका २३ जना सांसदहरुनै कारवाहीको सुचीमा राखिएको छ ।

नेकपा एमालेबाट निष्काशित हुनेहरुमा;
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. डा.भीम रावल
४.रामकुमारी झाँक्री
५. सरला यादव
६.कल्याणी खड्का
७. पुष्पा कर्ण
८. मुकुन्द न्यौपाने
९. निरा जैरु
१०. कलिना खान
११. लक्ष्मीकुमारी चौधरी

स्पष्टिकरण सोधिएकाहरु;
१.धनश्याम भुसाल
२. सुरेन्द्र पाण्डे
३. भवानी खापुङ
४. यज्ञराज सुनुवार
५. विरोध खतिवडा
६. जीवनराम श्रेष्ठ
७. कृष्णलाल महर्जन
८. सोमप्रसाद पाण्डे
९. मेटमणि चौधरी
१०. झपट रावल
११.दिपकप्रकाश भट्ट
१२. नारायण खतिवडा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर