वाग्मती प्रदेशसभाको बैठक कात्तिक २२ गते बस्दै, बैठकमा नवनियुक्त मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै — OSNepal

वाग्मती प्रदेशसभाको बैठक कात्तिक २२ गते बस्दै, बैठकमा नवनियुक्त मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक ।वाग्मती प्रदेशको प्रदेश सभाको बैठक कात्तिक २२ गते बस्ने भएको छ ।

तत्कालिन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि कात्त्तिक १० गते देखि स्थगित भएको पदेश सभाको बैठक २२ गते बस्ने भएको हो ।

शाक्यले राजीनामा दिएको भोलीपल्ट नेताद राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुत्त भएका थिए । २२ गते बस्ने बैठकमा नवनियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिने भएका छन् ।

पाण्डेलाई गठबन्धनका ५९ जना सांसद समर्थन रहेको छ । जसले पाण्डेको सरकार टिकाउन बहुमतको काम गर्ने भएको छ ।

जसमा माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सांसदको समर्थन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर