माटोबिनै तरकारी फलाएर नेपाली किसानले देखाए चमत्कार ! — OSNepal

माटोबिनै तरकारी फलाएर नेपाली किसानले देखाए चमत्कार !

LC (KTM) March 09, 2021 0

बुटवल । माटोमा गरिँदै आएको खेती प्रणाली छोडेर रुपन्देहीमा आधुनिक पद्धतिमा तरकारी खेती शुरु भएको छ । तिलोत्तमा–३ विष्णुपुरामा खोलिएको लुम्बिनी हाइड्रोपोनिकले माटोविनै तरकारी खेती थालेको हो । झण्डै दुई वर्ष अघिदेखि सञ्चालनमा रहेको यस कृषि फार्मले हाइड्रोपोनिक प्रविधि अपनाएर साग लगायतका झालजन्य तरकारी खेती गरिरहेको छ । हेर्नुहोस् भिडियोः

यस इजरायली प्रविधिमा बोटविरुवालाई माटोबाट प्राप्त हुने खाद्य तत्वहरु (नाइट्रोजन, पोटासियम र फस्फोरस) विद्युतिय प्रणालीमार्फत पानीमा घोलेर विरुवाको जरासम्म पुर्याउने गरिन्छ । जसले गर्दा विरुवा माटोविनै सप्रिन्छ । प्लास्टिक र जालीले घेरिएको फार्ममा नियन्त्रित (बोटविरुवालाई आवश्यक जति मात्र) तापक्रम बनाइन्छ । चारैतिर घेरिने भएकाले किराबाट संक्रमण हुन पाउँदैन ।

बाहिरबाट जालीमार्फत छिर्ने हावालाई बाहिर फाल्ने पंखा राखिन्छ । जसले गर्दा तापक्रम ३२ देखि ३५ डिग्रीभन्दा बढ्न पाउँदैन । लुम्बिनी हाइड्रोपोनिकले साग, करेला, बियाँ नहुने कांक्रो, क्याप्सीकम, गोलभेंडा लगायतका तरकारीको खेती गरिरहेको छ । यो प्रविधिबाट माटोबाट भन्दा दोब्बर उत्पादन लिन सकिने सञ्चालकको दाबी छ ।

झण्डै एक विघा क्षेत्रफल भाडामा लिएर खोलिएको यो फार्ममा हाल चार वटा ग्रीन हाउस र दुई वटा नेट हाउस बनाइएको छ । ओमानको एक होटलमा झण्डै १० वर्ष काम गरेर स्वदेश फर्किएका अर्घाखाँची डिभर्नाका ईश्वर पौडेलको यस योजनालाई उनका नातेदारले पनि साथ दिए र फार्म सञ्चालनमा आयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर