काठमाडौं १७ कात्तिक । नेकपा एकिकृत समाजवादी पार्टीको सचिवालय बैठक बस्ने भएको छ ।
नेकपा एमालेबाट छुटिएर नयाँ बनेको नेकपा एसले पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न सचिवायल बैठक बस्ने भएको छ ।
महासचिव डा.बेदुराम भुसालले दिएको जानकारी अनुसार बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
प्रदेश, जिल्ला र विभिन्न विभागहरुलाई पूर्णता दिइसकेको यो पार्टीले अब चाँडै ‘वडा कमिटीहरुलाइए पनि पुर्णता दिने भएको छ ।