लक्ष्मी पूजाका लागि हटिया बजारमा माटोको भाँडा किन्नेको घुइँचो — OSNepal

लक्ष्मी पूजाका लागि हटिया बजारमा माटोको भाँडा किन्नेको घुइँचो

LC (KTM) November 03, 2021 0

राजविराज, १७ कात्तिक- लक्ष्मी पूजा अर्थात दिपावली पर्वको अवसर पारेर राजविराजको हटिया बजारमा माटोको दियोसहितको सरसामान किन्नेको घुइँचो लागेको छ । हिजोआज बजारमा माटोको भाँडादेखि लक्ष्मी पूजाका लागि विभिन्न सरसामान किन्नेको चहलपहल बढेको देखिन्छ ।

माटोको भाँडा खासगरी कुमाल जातिले बनाउने गर्छन्, माटोको मूर्ति, पाला, अति नै शुद्ध हुने भएकाले यसको बिक्रीबितरणमा वृद्धि भएको हनुमाननगरका कुमाल रामकुमार पण्डितले बताउनुभयो । प्रायःजसो पूजापाठमा माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोको भाँडो लक्ष्मी पूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढ्ने गरेको उहाँले बताउनुभयो ।

चाडपर्व नजिकिँदै गर्दा ठाउँठाउँमा माटोको भाँडा, फलफुल, विभिन्न मूर्ति र माटोको भाँडामा ढकनी, दीप, घैँलोलगायतका खरिदबिक्री भइरहेको व्यापारी बताउँछन् । जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइनलगायतका विभिन्न ग्रामीण बजारमा पनि सुनदेखि नूनसम्मको सामान किनमेल भइरहेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर