शर्माको सम्झनामा अक्षयकोष स्थापना, ऊर्जामन्त्री भुसालले दिइन् एक महिनाको तलब — OSNepal

शर्माको सम्झनामा अक्षयकोष स्थापना, ऊर्जामन्त्री भुसालले दिइन् एक महिनाको तलब

LC (KTM) November 04, 2021 0

ललितपुर, १८ कात्तिक – ललितपुरका वामपन्थी नेता ठक्कर शर्मा बजगाईको स्मृतिमा अक्षयकोष स्थापना हुने भएको छ । ललितपुरको थसिखेलमा आयोजित श्रद्धाञ्जली सभामा बाग्मती प्रदेश कमिटी सदस्य दिपेन्द्र श्रेष्ठले अक्षयकोष स्थापना लागि राखिएको प्रस्तावमा ऊर्जामन्त्री पम्फा भुसालले एक महिनाको तलब दिने घोषणा गरिन् ।

मन्त्री भुसालले ६८ हजार तलबमध्ये पार्टीले लिने १५ हजार लेबीबाहेक ५३ हजार रुपैयाँ शर्माको स्मृतिमा निर्माण हुने संस्थालाई दिने बताइन् । शर्माको स्मृतिमा स्थापना गरिने अक्षयकोषले सामाजिक काम गर्ने नेता श्रेष्ठले बताए ।

गत ५ कात्तिकमा शर्माको फोक्सोको क्यान्सरका कारण मृत्यु भएको थियो ।
प्रदेश सासंद माधव पौडेलले निष्ठाको राजनीति गर्ने शर्माको स्मृतिमा अक्षयकोष बनाएर सामाजिक काम गर्नु सराहनीय भएको बताए । उनले आफू अक्षयकोषमा योगदान गर्न तयार रहेको बताउँदै सबैको सहयोग रहने विश्वास व्यक्त गरे ।

एमाओवादीमा स्थायी समिति सदस्य लीलामणि पोखरेलले विद्यार्थी राजनीतिकालमा शर्मा जल्दाेबल्दो नेताको रूपमा उदाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर