बाँकेका कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या २७३ पुग्यो, घरमै स्वास्थ्य सेवा पुगेपछि सङक्रमणमा कमी — OSNepal

बाँकेका कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या २७३ पुग्यो, घरमै स्वास्थ्य सेवा पुगेपछि सङक्रमणमा कमी

LC (KTM) May 25, 2021 0

राँझा – बाँकेमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै २१५ जनाले ज्या न गुमाएका छन् भने पहिलो र दोस्रो चरणको कोरोना महामारीका कारण बाँकेका कूल २७३ जनाको अकालमै मृ त्यु भएको छ ।बाँकेमा अहिले तीन सय ९४ जना अस्पताल र एक हजार पाँच सय ५७ जना होम आइसोलेशनमा रहेका छन् । बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका दुई सय ४० जनाको कोरोनाबाट मृ त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

घरमै स्वास्थ्य सेवा पुगेपछि सङक्रमण र मृ त्युदरमा कमी

बाँकेका स्थानीय तहले होम आइसोलेशनमा बसेका सङ्क्रमितहरुको आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा पु¥याउन थालेका कारण सङ्क्रमण र मृ त्यु दर घटनमा सहयोग पुगेको छ । लक्षण नभएको र अस्पतालमा शय्या अभाव भएका कारण होम आइसोलेशनमा बस्न बाध्य सङ्क्रमितहरुको अवस्थालाई मध्यनजर गरी आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा उपलब्ध गराइएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताउनुभयो ।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई घरमै स्वास्थ्य सेवा पु¥याएका छन् । नेपालगञ्जमा चिकित्सकीय परामर्शसहित स्वास्थ्यकर्मीको टोलीले घरमै स्वास्थ्य लाभ गरिरहेका सङ्क्रमित बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न थालेका छन् । भेरी अस्पतालका फिजिसियन डा.पारश श्रेष्ठ, मेडिकल कलेजमा कार्यरत नर्सिङ अधिकृत सुमन गिरीलगायतको स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमित बिरामीहरुको घरघरमै पुगेर उनीहरुको अवस्था बुझ्ने गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता रिजालले बताउनुभयो ।

उहाँका अनुसार सङ्क्रमित बिरामीहरुलाई स्वास्थ्य उपचार, परामर्शसँगै स्वास्थ्य सामाग्री, पल्स अक्सिमिटर, थर्ममिटरलगायत बितरण गरिएको छ । चिकित्सकसहितको टोलीले सङ्क्रमितको स्वास्थ्य जाँच गरी औषधी तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस गरे वडा कार्यालयले निशुल्क उपलब्ध गराउनेछ ।

सङ्क्रमितको घरमा पुगेर चिकित्सकसहितको टोलीले आवश्यक परामर्श तथा स्वास्थ्य जाँच गरेको छ । गम्भीर विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर तथा घरमै अक्सिजनको आवश्यकता भएमा वडा कार्यालयले अक्सिजन समेत व्यवस्थापन गरिदिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले बताउनुभयो ।

कोहलपुर नगरपालिकाकाले पनि होमआइसोलेशनमा रहेका सङ्क्रमितलाई घरघरमै पुगेर स्वास्थ्य अवस्थावारे चासो व्यक्त गर्दै आएको छ । नगर प्रमुख लुटबहादुर रावतले नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पताल र घरैमा आइसोलेशनमा बसेका बिरामीलाई भेटेरै मनोबल बढाउने काम गरिएको बताउनुभयो ।

उहाँका अनुसार सङ्क्रमितहरुले बेलैमा उपचार पाए नपाएको वा उपचार क्रममा देखिएको समस्याका वारेमा पनि बिरामीसँग प्रत्यक्ष रुपमा बुझ्ने गरिएको छ । कोरोनाको सबैभन्दा ठूलो औषधि हिम्मत रहेकोले म जित्न सक्छु भन्ने आत्मविश्वास बढाउन सङ्क्रमितलाई सुझाव दिने गरिएको छ ।

कोहलपुर नगरपालिकाले नगरवासीका लागि दुई वटा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको छ । सङ्क्रमित अधिकांश होम आइसोलेशनमा रहेकोले बढी बिरामी भएकालाई मात्रै अस्पताल भर्ना गरेर अक्सिजनको व्यवस्था मिलाइएको कोहलपुर नगरपालिकाका कोरोना स्रोत व्यक्ति गेहराज खनालले जानकारी दिनुभयो । रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर