ओलीलाई लक्षित गर्दै प्रकाशमानले भने, राजनीतिक नाराले मात्र जनताको विश्वास जितिँदैन — OSNepal

ओलीलाई लक्षित गर्दै प्रकाशमानले भने, राजनीतिक नाराले मात्र जनताको विश्वास जितिँदैन

LC (KTM) November 05, 2021 0

काठमाडौं १९ कात्तिक । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ नयाँ नाराले मात्रै जनताको मन जित्न नसकिने बताउनुभएको छ । शुक्रबार नेपाल संवत् ११४२ लगायत आशन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गर्न राजधानीमा आयोजित कार्यक्रममा उहाँले काँग्रेस पनि कम्युनिष्टहरुकै लहैलहैमा लाग्न नहुने धारणा व्यक्त गर्नुहुँदै आमनागरिकले पनि राजनीतिक पार्टीहरुको इतिहास पनि हेर्नुपर्ने बताउनुभयो ।

‘अवसर दिदा पनि काम गर्न नसक्नेहरुलाई होइन, भरपर्दो पार्टी त काँग्रेस हो नि । लामो संघर्ष पश्चात् प्राप्त संघीयता र गणतन्त्रलाई फर्काउन खोज्नेहरुको पर्दाफास भइसकेको छ । हामीले त पहिला पनि चुनावमा भनेकै हो । नाराको भरमा मात्र परेर हुदैन । कुरा बुझ्नुपर्छ ।’, सिंहले बताउनुहुन्छ ।

उहाँले कम्युनिष्ट पार्टीहरुले जनतालाई भ्रम छर्ने गरेको पनि आरोप लगाउनुभयो । काँग्रेसकै नेतृत्वमा दोस्रो संविधानसभाबाट संविधान जारी भएको बताउनुहुँदै उहाँले संघियता संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । तर, प्रदेश सरकार र जनप्रतिनिधिहरुलाई जुन कानुनहरु बनाएर संघियता संस्थागत गर्नुपर्ने हो, त्यो हुन नसकेको भनाई उहाँको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर