काठमाडौंमा थपियो एक साता निषेधाज्ञा ,निषेधाज्ञा उल्लंघन गरेमा कैद तथा जरिवाना गर्ने आदेश — OSNepal

काठमाडौंमा थपियो एक साता निषेधाज्ञा ,निषेधाज्ञा उल्लंघन गरेमा कैद तथा जरिवाना गर्ने आदेश

LC (KTM) May 25, 2021 0

काठमाडौँ ११ जेठ । काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । संक्रमण दर नघटेको भन्दै आज बसेको तिनै उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निधेषाज्ञा एक हप्ता थप्ने निणर्य गरेको हो ।

अहिलेको निषेधाज्ञा जेठ १३ गतेबाट सकिनै लाग्दा फेरि थप्ने निणर्य भएको हो । अब थपिएको निषेधाज्ञामा भने तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान नौ बजे सम्म खोल्न पाइने छ । भने किराना पसल, डिपार्टमेन्टल स्टोल तथा खाद्यय पसलहरु भने बन्द गरिने भएको छ ।

आजको बैठकले थप नयाँ नियम लागु गर्दै विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा रोक , यस अघि जारी गरिएको सवारी साधन पास पनि रद्ध गरिदिएको छ । विवाहका सात जनाको लागि एउटा मात्र सवारी साधन अनुमति दिइने छ यदि सरकारको नियम उल्लंघन गरेमा कैद तथा जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर