सङ्खुवासभामा जङ्गली च्याउ खाँदा बिरामी भएकी २१ वर्षीया निर्जलाको मृ त्यु — OSNepal

सङ्खुवासभामा जङ्गली च्याउ खाँदा बिरामी भएकी २१ वर्षीया निर्जलाको मृ त्यु

LC (KTM) May 25, 2021 0

किमाथाङ्का, ११ जेठ- सङ्खुवासभाको सिलिचोङ गाउँपलिका –५ याफुमा जङ्गली च्याउ खाँदा बिरामी भएका थप एक जनाको मृ त्यु भएको छ । उक्त गाउँकी २१ वर्षीया निर्जला राईको आज बिहान मृ त्यु भएको उहाँका आफन्त डेबिन मेवाहाङले जानकारी दिनुभयो । गत शुक्रबार जङ्गली च्याउ खाएर सिलिचोङ –५ याफुका राईसहित परिवारका नौ जना बिरामी भएका थिए । निर्जलाको उपचारको क्रममा विराटनगरको लाइफगार्ड अस्पतालमा निधन भएको हो ।

च्याउ खाएर बिरामी भएकी आठ वर्षीया रोजिना राईको गत आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ त्यु भइसकेको छ । आठ वर्षीय सन्धन राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसियु कक्षामा राखिएको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर