पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाले गुमाए ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाले गुमाए ज्यान

LC (KTM) November 07, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ३९३२ जनामा गरिएको परिक्षणमा १३९ जनामा संक्रमण फेला परेको हो ।
२१३४ पिसिआर परीक्षण गर्दा १२८ र १७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अबधीमा ३९६ संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ। त्यस्तै काठमाडौं उपत्यकामा थप ७४ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा ५३, भक्तपुरमा १२ र ललितपुरमा ९ जना संक्रमित थपिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर