अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गो ली चलाउँदा एक नेपालीसहित चारको मृ त्यु — OSNepal

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गो ली चलाउँदा एक नेपालीसहित चारको मृ त्यु

LC (KTM) May 09, 2021 0

मेरिल्याण्ड, २६ बैशाख- अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृ त्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गो ली प्र हार गर्दा एक नेपालीसहित चार जना मा रिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मा रिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ ।

बाल्टिमोर काउन्टी प्रहरीले आ क्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृ त्यु भएको बताइएको छ ।
मानसिक रोगी रहेको उक्त आ क्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ । (रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर