बेलारूसबाट अबैध ढंगले प्रवेश गरेका हजारौं आप्रावासी पोल्यान्डको सिमानामा रोकिए — OSNepal

बेलारूसबाट अबैध ढंगले प्रवेश गरेका हजारौं आप्रावासी पोल्यान्डको सिमानामा रोकिए

LC (KTM) November 09, 2021 0

वार्सा, २३ कात्तिक-पोल्यान्डले आफ्नो देशतर्फ प्रवेश गर्न लागेका हजारौं आप्रावासीलाई रोकेको जनाएको छ । बेलारूसको पूर्वी सिमानाबाट आफ्नो देशतर्फ बढेका आप्रावासीलाई रोकेको पोल्यान्डले जनाएको हो । दुई देशको सिमानामा राखिएका काँडेतार नाघेर आप्रावासीहरु पोल्यान्डतर्फ प्रवेश गरिरहेको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।

आप्रावासीको प्रवाह बढेपछि पोल्यान्ड सरकारले आकस्मिक वैठक बोलाएको थियो । बैठकले सिमानामा १२ हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णय गरेको छ । आफ्नो देशमा आएका अबैध आप्रवासीलाई सिमानामा पठाइदिएको पोल्यान्डले बेलारुसमाथि आरोप लगाएको छ ।

पछिल्लो समयमा बेलारुसबाट गैरकानूनी रुपमा आप्रावासीहरु पोल्यान्ड, लिथुआनिया र लाटभियातर्फ प्रवेश गरेका ती देशहरूले गुनासो गर्दै आएका छन् । तीमध्ये अधिकांश आप्रावासी मध्येपूर्व र एसियाली देशका छन् ।बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले अन्य मुलुकमा गैरकानूनी आप्रावासीको प्रवाह बढाउन सहयोग गरेको युरोपेली देशहरुले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर