अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने — OSNepal

अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने

LC (KTM) November 10, 2021 0

काठमाडौं, २४ कात्तिक-अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने भएको छ। यी दुई टोलीबीचको खेल २२ डिसेम्बरबाट सुरु हुनेछ ।

अमेरिकाले टेष्ट क्रिकेट खेल्ने देशसँग पहिलो पटक सिरिज खेल्न लागेको हो । दुई टोलीबीच दुई खेलको टी-२० र तीन खेलको वानडे सिरिज हुने अमेरिकाको क्रिकेट बोर्डले जनाएको छ। अमेरिकाले मंगलबार खेल तालिका तालिका सार्वजनिक गरेको हो ।

यो अमेरिकाका लागि आफ्नो टोलीको प्रदर्शन सुधार्ने ठूलो अवसर हुनेछ । अमेरिका र आयरल्याण्डबीचको टी-२० सिरिज २२ डिसेम्बर २०२१ देखि सुरु हुनेछ ।

सिरिजको दोस्रो र अन्तिम खेल २३ डिसेम्बरमा हुनेछ । यसबाहेक एकदिवसीय खेलको सिरिज २६ डिसेम्बरबाट सुरु हुनेछ । दोस्रो खेल २८ डिसेम्बर र तेस्रो खेल ३० डिसेम्बरमा हुनेछ यी सबै खेल फ्लोरिडामा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर