१२० जना यात्रु सवार डुङ्गा दुर्घटना हुँदा ४० जना बेपत्ता — OSNepal

१२० जना यात्रु सवार डुङ्गा दुर्घटना हुँदा ४० जना बेपत्ता

LC (KTM) November 12, 2021 0

किन्शासा-२६ कात्तिक- डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ ।दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर