भारतमा २४ घण्टामा ११ हजार सङ्क्रमित थपिए,५५५ जनाको मृत्यु — OSNepal

भारतमा २४ घण्टामा ११ हजार सङ्क्रमित थपिए,५५५ जनाको मृत्यु

LC (KTM) November 13, 2021 0

नयाँ दिल्ली २७ कात्तिक- भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो । यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्त्रालयले जनाइएको छ । भारतमा हाल एक लाख ३६ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितका यो संख्या २७४ दिनको सब भन्दा कम हो ।
गत २४ घण्टामा यहाँ १२ हजार ४०३ जना कोरोना मुक्त भएका छन् यसैसँग यहाँ कोरोना शुरु भएयता तीन करोड ३८ लाख २६ हजार ४३८ जना कोरोना मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर