राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने — OSNepal

राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

LC (KTM) November 13, 2021 0

मनिला २७ कात्तिक- फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्नुहुने भएको छ । बहिर्गमनको चरणमा रहनु भएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्ने हुनुभएको हो । साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिश्पर्धा गर्न लाग्नु भएको निर्वाचन आयोगले जनाएको छ । देशको प्रभावशाली पार्टी लकास सि एम डी पार्टीको तर्फबाट उहाँले उम्मेदवारी दर्ता गराउनु भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

“सारा डुटेर्टेले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्न आवश्यक कागजपत्रहरु आफ्ना प्रतिनिधि मार्फत पठाएर उम्मेदवारी दर्ता गराउनु भएको छ, अव उहाँले उपराष्ट्रपतिमा प्रतिश्पर्धा पर्ने निश्चित भएको छ,” आयोगका प्रवक्ता क्रिश्चिना गार्सिया फ्रास्कोले भन्नु भएको छ । उम्मेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो । निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ ।उहाँले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिश्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिनु भएको हो । आफुले जनताले चाहे अनुसार काम गर्ने गरेकाले मतदाताले आफुलाई निर्वाचित गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । (रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर