OSNepal आइतबार, मंसिर १२ २०७८

प्रचण्ड विरामी, अस्पताल भर्ना

प्रचण्ड विरामी, अस्पताल भर्ना

  • OSNepal
  • शनिबार, कार्तिक २७ २०७८


प्रचण्ड विरामी, अस्पताल भर्ना
Reading Time: < 1 minute

काठमाडौं, २७ कात्तिक – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएर उनी मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

धपेडीले रक्तचाप बढेर स्वास्थ्यमा समस्या आएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको उनले उल्लेख गरेकी छन् ।

गंगाका अनुसार अहिले अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड