मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा दुई वर्षअघि पहिरो गएपछि जोखिमपूर्ण बनेको सडक । ढुङ्गा उत्खननका लागि ठेकेदारले सडकका भित्ताको पहरो भत्काएपछि यहाँ पहिरो झर्न थालेको थियो ।
सडकमाथिको ठूलो भाग भत्किएकाले कटान गरेर पहिरो सफा गर्नसक्ने अवस्था नहुँदा यहाँ जोखिम मोलेर सवारीका साधन सञ्चालन हुँदै आएका छन् ।