जंगबहादुरको कोटको अष्ट्रेलीया प्रदर्शनमा जे देखियो (भिडियो सहित)



काठमाडौं, २१ कार्तिक – मोडल बिमलेस अधिकारीको चलचित्र ‘जंगबहादुरको कोट’ अष्ट्रेलीयाका बिभिन्न शहरमा प्रदर्शन गरिएको छ । निर्माण भएको लामो समयसम्म नेपालमा रिलिज मितीतय नभएको यो चलचित्र केहि दिन अघि मात्रै सिड्नीमा प्रदर्शन गरिएको हो । पुरानो कथामा निर्माण गरिएको यो चलचित्र हेर्ने अष्ट्रेलीयाका नेपालीले चलचित्र राम्रो रहेको प्रतिकृया दिएका छन् । उनीहरुले चलचित्र सबैले हेर्नु पर्ने बनेको समेत प्रतिकृया दिएका छन् ।

अष्ट्रेलीयामा चलचित्र हेर्न दर्शकहरुको बाक्लो उपस्थिती रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा अनुप बराल, बिमलेश अधिकारी, सुचित्रा अचार्य, विश्व बस्नेत, सौभाङगी कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । योगेन्द्र खड्का, जयन्द्र खड्का, तथा देवी शिवाकोटीले सयुक्त रुपमा यो चलचित्रको निर्माण गरेका हुन ।

अष्ट्रेलीयामा बसेर चलचित्रका विषयमा अध्ययन गर्दै आएका आशिष भेट्वालले चलचित्रलाई निर्देशन गरेका हुन । उनको यो डेब्यु चलचित्र हो । पहिलो चलचित्रबाटै उत्साहजनक साथ पाएपछि उनी फेरि अर्को चलचित्रको काम गर्ने तयारीम रहेका छन् । उनी सम्भवत अहिलेसम्मकै कलिलो उमेरका सम्भावना बोकेका निर्देशक हुन ।

[its_video]https://youtu.be/hl3j4zCZrb8[/its_video]

Comment