भोलि हरिबोधिनी एकादशी, सार्वजनिक बिदा — OSNepal

भोलि हरिबोधिनी एकादशी, सार्वजनिक बिदा

LC (KTM) November 14, 2021 0

भक्तपुर, २८ कात्तिक – चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ । यो एकादशीको दिनमा चार नारायणमा भव्य मेला लाग्ने र त्यसमध्ये जेठो नारायणको रुपमा मानिँदै आएकोे चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

नगरपालिकाले यस दिनलाई स्थानीय पर्वको रुपमा घोषणा गर्दैै विगत तीनवर्षदेखि सार्वजनिक बिदा दिने गरी क्यालेण्डर बनाएकाले भोलि बिदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर