काठमाडौँमा फेरि देखियो टर्कीमा बर्डफ्लु, ८ हजार टर्की नष्ट गरिँदै — OSNepal

काठमाडौँमा फेरि देखियो टर्कीमा बर्डफ्लु, ८ हजार टर्की नष्ट गरिँदै

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । काठमाडौँस्थित किर्तिपुरमा बर्डफ्लु देखा परेको छ । किर्तिपुरको दूई स्थान र चन्द्रागिरीमा व्यवसायीक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा बर्डफ्लु पुष्टि भएको हो ।

अकस्मात टर्की मर्न थालेपछि सोमबार गरिएको परिक्षणमा बर्डफ्लु पुष्टि भएको विभागका प्रवक्ता डा। चन्द्र ढकालले जनाएका छन् । आज बुधाबार करिब ८ हजार टर्की नष्ट गर्नको लागि विहानै देखि प्राविधिक खटाइएको जनाइएको छ ।

थप संक्रमण फैलिन नदिन अहिले नष्ट गर्न लागिएको विभागले जनाएको छ ।  यसको विस्तृत् जानकारी भने आज बेलुका सम्म आउने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर