बिरामी बोक्ने एम्बुलेन्समा भेटियो, यति ठुलोमात्रामा अवैध लागूऔषध — OSNepal

बिरामी बोक्ने एम्बुलेन्समा भेटियो, यति ठुलोमात्रामा अवैध लागूऔषध

LC (KTM) May 26, 2021 0

सुनसरी १२ जेठ । धरान उपमहानगरपालिका-२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका(१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर