यि हुन अमेरीकामा भएको गोली काण्डमा ज्यान गुमाउने २५ वर्षीय नेपाली सागर — OSNepal

यि हुन अमेरीकामा भएको गोली काण्डमा ज्यान गुमाउने २५ वर्षीय नेपाली सागर

LC (KTM) May 09, 2021 0

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जनाको मृ त्यु भएको छ । मृत्यु हुने नेपाली संखुवासभा जिल्ला निवासी खाँदबारीका सागर घिमिरे रहेका छन् ।

घिमिरे एक हप्ता अघिमात्र साउथ क्यारोलिनाबाट बाल्टिमोर बसाइँ सरेका थिए । घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् ।उनको उपचार भइरहेको छ । घाइते नेपाली विद्यार्थी पनि संखुवासभाकै श्याम अधिकारी भएको बताइएको छ ।

घाइते अधिकारी हाल खतरामुक्त छन् । उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछी अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ । मृ तक र घाइते नेपाली बिद्यार्थीहरु गत सातामात्रै सो घरमा डेरा गरी बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर