यि महिला सुत्केरी हुने क्रममा नवजात शिशुको मृत्यु, अस्पतालले दिएन शव, शवको साटो दियो मरेको मुसा — OSNepal

यि महिला सुत्केरी हुने क्रममा नवजात शिशुको मृत्यु, अस्पतालले दिएन शव, शवको साटो दियो मरेको मुसा

LC (KTM) May 26, 2021 0

काठमाडौं। कोरोना महामारीमा सबैभन्दा ठूलो जोखिममा सुत्केरी महिला र बच्चाबच्चीहरु परेका छन् । हालै कोलम्बियाको तुलुआ सहरकी गर्भवती महिला ड्यानिएला भेलेज अस्पताल पुगीन् । सुत्केरी हुने क्रममा उनकी छोरीको निधन भयो । त्यसपछि अस्पतालले ती दम्पतीलाई नवजात शिशुको शव भन्दै एउटा पोको दिएपछि दम्पत्तिमा रुवाबासी छायो ।

उनीहरु निकै ठूलो पिडामा परे । बालिकाका पिता ड्यानियल अलेजान्द्रो जारामिलो बालिकाको शव हेर्न मुर्दाघरमा गएर हेरेपछि उक्त शव भनिएको पोकोमा नवजात छोरीको शव नभइ मरेको मुसा भएको पाइएपछि हंगामा मच्चिन पुग्यो ।

२८ हप्ताकी गर्भवती ड्यानिएला भेलेज र उनका पतिले मुर्दाघरमा गएर मृत बालिकाको विवरण अनुसार बाकश खोल्दा उक्त बाकशमा छोरीको शव नभई एउटा मरेको मुसा फेला पारेपछि अस्पतालको विश्वसनियता गुमिसकेको प्रतिक्रिया दिएका छन् । दम्पतीले यस्तो गम्भिरस विषयमा खेलवाड गरेको भन्दै कडा शब्दले खेद प्रकट गर्दै उजुरी पनि गरे । अस्पतालले बालिकाको शव हराएको भन्दै माफी मागेको द सनमा प्रकाशित समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर