OSNepal मंगलबार, मंसिर १४ २०७८

६२ जना यात्रु सवार डुंगा दुर्घटना,आठ जनाको मृत्यु,अरुको सकुशल उद्धार गरियो

६२ जना यात्रु सवार डुंगा दुर्घटना,आठ जनाको मृत्यु,अरुको सकुशल उद्धार गरियो

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


६२ जना यात्रु सवार डुंगा दुर्घटना,आठ जनाको मृत्यु,अरुको सकुशल उद्धार गरियो
Reading Time: < 1 minute

ग्रेन क्यानेरियाको एक टापूस्थित समुद्रमा डुगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ । आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ ।

सो डुंगाले कम्तीमा पनि ६२ जना यात्रु बोकेको थियो । त्यस दुर्घटनाका क्रममा ती आठ जनाको ज्यान गएको र अरुको सकुशल उद्धार गरिएको थियो ।

डुगा दुर्घटना भएपछि तुरुन्त उद्धारको काम थालिएको थियो । यस क्रममा सातजनाको शव भेटिएको र अर्का एकजनाको अस्पताल लैजाने क्रममा निधन भएको यहाँका अधिकारीले जनाएका छन् ।

यस स्थानबाट आप्रवासीहरुले निकै नै जोखिमपूर्ण अवस्थाबाट यात्रा गर्ने गर्दछन् । यसका कारण यहाँ यसअघि पनि कैयौँ आप्रवासीको यात्राकै क्रममा निधन भएको थियो ।यस उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन् । तर यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड