OSNepal बिहिबार, मंसिर १६ २०७८

चर्को मूल्य वृद्धिको विरुद्धमा विप्लवले गरेको मशाल जुलुसलाई प्रहरीले खोस्यो

चर्को मूल्य वृद्धिको विरुद्धमा विप्लवले गरेको मशाल जुलुसलाई प्रहरीले खोस्यो

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


चर्को मूल्य वृद्धिको विरुद्धमा विप्लवले गरेको मशाल जुलुसलाई प्रहरीले खोस्यो
Reading Time: < 1 minute

ओखलढुंगा, २९ कात्तिक-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले निकालेकाे मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खाेसेकाे छ । चर्काे मूल्य वृद्धिकाे विरुद्धमा आन्दाेलन गर्दैकाे उक्त पार्टीले भोलि ३० कात्तिकमा नेपाल बन्द घाेषणा गरेर आज मशाल जुलुस निकालेकाे थियाे । सिद्धिचरण नगरपालिका- १२ स्थित गणेशचाेक नजिकैबाट सुरु भएकाे जुलुस प्रहरीले गणाेशचाेकमै राेकेकाे थियाे ।

प्रहरीले राेकेपछि एक दर्जन संख्यामा रहेका आन्दाेलनकारीले मशाल भुइँमा बालेर नारा जुलुस सुरु गरेका थिए । भुइँमा बालेकाे मशालमा समेत प्रहरीले पानी हालेर निभएकाे थियाे । आन्दाेलनकारी भन्दा प्रहरीकाे संख्या बढी भएपछि चाेकमै काेणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै जुलस निकाल्नेहरू फर्केका थिए ।

मंगलबार नेपाल बन्द घाेषणा गरेपछि सुरक्षााकर्मी साेमबार साँझदेखि नै परिचालन गरिएकाे छ ।तस्बीर: नेकपाका कार्यकर्ताले निकालेकाे मशाल जुलुस ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड