ताराखोलामा परम्परागत हरिबोधनी एकादशी मेला — OSNepal

ताराखोलामा परम्परागत हरिबोधनी एकादशी मेला

LC (KTM) November 16, 2021 0

थम्मन थापा /बागलुङ – गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले जनप्रतीनिधी जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । ताराखोला गाउँपालिका वडा नं ३ हिल घुस्मेलीमा त्रिशुली युवा क्लवले आयोजना गरेको परम्परगत एवं ऐतिहाँसिक हरिबोधनी एकादशी मेलालाई सम्वोधन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन ।

जिल्लाको दुर्गम गाउँमा रहेर पनि क्लवले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंशा मन्त्री बुढाले गाउँमा भएका प्राकृतिक स्रोत, कृषि, वन पैदावार सञ्चालमा ल्याएर उत्पादनमा जोडिन आम नागरिकलाई आग्रह समेत गरे । उनले गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अवधारणा अनुसार ताराखोला गाउँपालिकामा सबै घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य राखेको उल्लेख गरे ।

मेलाको अवसरमा बोल्दै गण्डकी प्रदेश सरकारका सांसद दिलमाया रोका दिपाले युवाहरु समाज परिवर्तनका संवाहक भएकोले युवाहरुले समाज रुपान्तपणमा सकरात्मक र रचनात्मक भुमिका खेल्नुपर्ने बताईन । संस्थाले गाउँपालिका भित्र गरेका सामाजिक गतिविधीले आफु हर्षित रहेको उल्लेख गर्दै सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगमा आफु प्रतिवद्व रहेको उनको भनाई छ । त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले युवाहरु विकास निर्माणका काममा अग्रसर भए समाजले छोटो समयमानै काँचुलि फेर्ने बताए ।

मेलाको अवसरमा आयोजना गरिएको खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा नगद रु ६५ हजार ट्रफी र मेडल हात पार्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले उपाधी उचालेको छ । प्रतियोगितामा गलकोट नगरपालिका वडा नं २ नरेठाँटी द्धितिय भएको छ । मेलामा सामुहिक लोक नृत्य लगायतका विविध कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष जीवन बस्नेतले जानकारी दिए ।

हरिवोधनी एकादशीको अवसरमा स्थानिय त्रिशुली नदिमा बाजा, भजन सहित ३ सय ६५ हात लामो तोरण तारिएको छ । मेला अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु चिज गुरुङ, दिप्लभ खाती, वसन्ती थापा मगर, टेकेन्द्र बोहोरा, शर्मिला विसी लगायतका कलाकारले सांगितिक प्रस्तुती प्रस्तुत रहेको संस्थाका सदस्य सविता खत्रीले बताईन । “घुम्टे हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान” भन्ने मुल नाराका साथ सामाजिक संस्था त्रिशुली युवा क्लवले हरिबोधनी एकादशी मेलाको अवसरमा कात्तिक २६ गतेदेखि मेला प्रारम्भ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर