सत्तारुढ गठवन्धनको समन्वय समितिले भन्यो : न्यायपालिकाको स्वतन्त्रता, गरिमा कायम राख्न समस्याको तत्काल निकास खोज्नुपर्छ — OSNepal

सत्तारुढ गठवन्धनको समन्वय समितिले भन्यो : न्यायपालिकाको स्वतन्त्रता, गरिमा कायम राख्न समस्याको तत्काल निकास खोज्नुपर्छ

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । सत्तारुढ गठवन्धनको समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न तत्काल निकास खोज्नुपर्ने बताएको छ ।

गत कात्तिक १४ गते देखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै नेपाल बार एशोसीएसनको अगुवाईमा कानुन व्यवसायीको विरोध कार्यक्रम भइरहेको छ । केहि दिन यता भएको धर्ना कार्यक्रममा झडप समेत भएको छ ।

आज मंगलबार बसेको समन्वय समितिको बैठकले न्यायालयमा देखिएको गतिरोध अन्त्य गर्न तत्काल निकास खोज्नुपर्ने बताएको हो ।

न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने आजको बसेको समन्वय समितिले निष्कर्ष निकालेको छ ।

यसको लागि सम्बन्धित सबैले पहल गर्नुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर