अमेरिकी सहायक विदेशमन्त्री आज र उपमन्त्री भोली नेपाल आउँदै — OSNepal

अमेरिकी सहायक विदेशमन्त्री आज र उपमन्त्री भोली नेपाल आउँदै

LC (KTM) November 17, 2021 0

काठमाडौं, १ मंसिर – नेपालमा दुई अमेरिकी प्रतिनिधिमण्डलको एकसाथ भ्रमण हुने भएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौं पुग्दैछन् ।

काठमाडौंस्थित नेपाली दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ भोलि बिहीबार काठमाडौं आउँदैछन् ।

सहायक विदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेट गर्नेछन् । उनले सांस्कृतिक सम्पदा स्थलको अवलोकन गर्ने कार्यक्रम पनि छ ।

उपसहायकमन्त्रीले नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण हुन लागेको हो। कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दुतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर