OSNepal आइतबार, मंसिर १२ २०७८

सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा सङ्क्रमण पुष्टि,मृतक शुन्य

सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा सङ्क्रमण पुष्टि,मृतक शुन्य

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा सङ्क्रमण पुष्टि,मृतक शुन्य
Reading Time: < 1 minute

बैतडी, १ मङ्सिर -सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ४१ जनाको नमूना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरटी पीसीआर १० एन्टीजेन विधिमार्फत तीन जनामा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १० र एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा ११ सङ्क्रमण पुष्टि हुँदा सात जना सङ्क्रमणमुक्त भएका थिए ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड