स्थायी कमिटीको निर्णय विपरित काम गरेकाले अब सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुलाई स्पष्टीकरण सोधिनेछ : भट्ट — OSNepal

स्थायी कमिटीको निर्णय विपरित काम गरेकाले अब सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुलाई स्पष्टीकरण सोधिनेछ : भट्ट

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको संसदीय दलको बैठकले गरेको निणर्य प्रति प्रदेश इचान्र्ज लेखराज भट्टले अशन्तुष्ट व्यक्त गरेका छन् ।सरकारलाई दिएको समथर्न तत्काल फिर्ता नलिई कायमै राख्ने भनी गरिएको निणर्य प्रति भट्टले अशन्तुष्ट जाहेर गरेका हुन् ।

पार्टीको निणर्य विपरित प्रदेश सभामा भएको निणर्य मान्य नहुने भन्दै औपचारिक जानकारी नआएपनि,सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठकमा आज जे निर्णय भयो भनिएको छ, त्यो भने पार्टीलाई सह्य नहुन भट्टले बताएका छन् । केपी ओली सरकारले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्ना मनत्रीलाई बोलाउने निणर्य गरिएकोमा प्रदेश सभाले गरेको यो निणर्य मान्य नहुने भन्दै भट्टले भने , अब स्थायी कमिटीको निर्णय किन उल्लंघन गरेको भनेर सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुलाई स्पष्टीकरण सोधिनेछ । ‘स्थायी कमिटीको निर्देशन किन नमानेको भनेर सोध्ने काम हुन्छ । जवाफ चित्त नबुझे कारबाहीको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर