OSNepal बिहिबार, मंसिर १६ २०७८

कानुन व्यवसायीको आन्दोलनमा प्रहरीको बल प्रयोगबाट बारका अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते , अध्यक्ष श्रेष्ठलाई अस्पताल लगिँदै

कानुन व्यवसायीको आन्दोलनमा प्रहरीको बल प्रयोगबाट बारका अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते , अध्यक्ष श्रेष्ठलाई अस्पताल लगिँदै

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


कानुन व्यवसायीको  आन्दोलनमा प्रहरीको बल प्रयोगबाट बारका अध्यक्ष  श्रेष्ठसहित १२ जना घाइते ,  अध्यक्ष श्रेष्ठलाई  अस्पताल लगिँदै
Reading Time: < 1 minute

काठमाडौं २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आन्दोलनमा बसेका १२ जना कानुन व्यवसायी घाइते भएका छन् । नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना कानुन व्यवसायी घाइते भएका हुन् ।

बिहिबार भएको प्रदर्शनमा प्रहरीले कानुन व्यवसायी माथि बल गरेको हो ।
प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले उनीहरुमाथि हातपात गरेको हो । दुई समुह बिच घम्साघम्सी हुँदा बारका अध्यक्ष श्रेष्ठ घाइते भएका छन् । उनलाई अस्पताल लगिएको भन्दै प्रर्दशनमा उत्रिएका कानुन व्यवसायीहरुले माइकिङ गरेका छन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै कानुन व्यवसायीहरुले माफी माग्न समेत आग्रह गरेका छन् । साथै आफ्नो आन्दोलनमा साथ दिन समेत कुँवरलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड