सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहल गर्नुहुन्छ : माधव नेपाल — OSNepal

सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहल गर्नुहुन्छ : माधव नेपाल

LC (KTM) November 18, 2021 0

धनगढी २ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हाल सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् ।

बिहिबार धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटनपछि सञ्चार कर्मीहरुसँग बोल्दै अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हाम्रो पाँच दलको बैठक बस्यो । बैठकले सर्वोच्च अदालतमा देखिएको समस्यालाई राम्रो वातावरणमा छिटो भन्दा छिटो समाधान हुनुपर्दछ, सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ नेपालले भने ।

प्रधानमन्त्रीले यसको लागि पहल गर्ने बताएका अध्यक्ष नेपालले अदालतको समस्या चाँडो समाधान हुनुपर्ने बताएका छन् ।

साथै उनले चाँडै पार्टीले जग्गा खरिद गरी आफ्नै भवन निमार्ण गर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर