OSNepal मंगलबार, मंसिर १४ २०७८

जेरुसेलममा इजरायली सेनासँगको झडपमा परी ५७ प्यालेस्टाइनी घाइते

जेरुसेलममा इजरायली सेनासँगको झडपमा परी ५७ प्यालेस्टाइनी घाइते

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


जेरुसेलममा इजरायली सेनासँगको झडपमा परी ५७ प्यालेस्टाइनी घाइते
Reading Time: < 1 minute

गाजा [प्यालेस्टाइन],-जेरुसेलमको अल-इसाविया नजिक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ प्यालेस्टाइनीहरू घाइते भएको सञ्चार माध्यमले जनाएका छन् ।
कुड्सनेट समाचार एजेन्सीले जनाएअनुसार इजरायली सैनिकहरूले गरेको अश्रु ग्यास प्रहारबाट अधिकांश घाइते भएका छन्। प्यालेस्टाइनीहरूले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेका छन्।

इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध दशकौंदेखि बिग्रिएको छ। प्यालेस्टाइनीहरूले इजरायलले आंशिक रूपमा ओगटेको पूर्वी जेरुसेलम र गाजा पट्टीलगायत वेस्ट बैंकको भूभागमा आफ्नो स्वतन्त्र राज्यको लागि कूटनीतिक लडाइ लडिरहेका छन् ।इजरायली सरकारले प्यालेस्टाइनलाई स्वतन्त्र राजनीतिक र कूटनीतिक संस्थाको रूपमा मान्यता दिन अस्वीकार गरेको छ र संयुक्त राष्ट्रसंघको आपत्तिको बावजुद कब्जा गरिएका क्षेत्रमा बस्तीहरू निर्माण गरिरहेको छ। एएनआई

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड