OSNepal शनिबार, मंसिर १८ २०७८

शिक्षकको तथ्याङ्क उपलब्ध गराउन मन्त्री देवेन्द्र पौडेलको निर्देशन

शिक्षकको तथ्याङ्क उपलब्ध गराउन मन्त्री देवेन्द्र पौडेलको निर्देशन

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


शिक्षकको तथ्याङ्क उपलब्ध गराउन  मन्त्री देवेन्द्र पौडेलको निर्देशन
Reading Time: < 1 minute

काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा दरबन्दी मिलान विद्युतीय अभिलेखमा समस्या देखिएकाले शिक्षकको यथार्थ विवरण उपलब्ध गराउन शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिनुभएको छ ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले आयोजना गरेको शिक्षा एकाइका प्रमुखको कार्यशालामा मन्त्री पौडेलले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकले गरेका कामको तथ्याङ्क माग्नुभयो । दरबन्दी मिलानका क्रममा कम्प्युटर, ल्याबको समस्या भएको भन्दै शिक्षा एकाइका प्रमुखलाई त्यसको तथ्याङ्क लिएर मन्त्रालयमा पठाउन उहाँले निर्देशन दिनुभएको हो ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड