OSNepal शनिबार, मंसिर १८ २०७८

नेकपा एमाले इतिहासको विषय बन्ने अध्यक्ष नेपालको दाबी

नेकपा एमाले इतिहासको विषय बन्ने अध्यक्ष नेपालको दाबी

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


नेकपा एमाले इतिहासको विषय बन्ने अध्यक्ष नेपालको दाबी
Reading Time: < 1 minute

चितवन, ३ मङ्सिर-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गर्नुभएको हो ।समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।” अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उहाँको भनाइ छ ।

एक फरक प्रसङ्गमा उहाँले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताउनुभयो । पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उहाँले प्रधानमन्त्रीे राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा छाँै ।”

नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको उहाँले बताउनुभयो । उहाँले भन्न्ुभयो, “नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।” अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उहाँले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताउनुभयो । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड