६५ वर्षको उमेरमा इन्डियन आर्मीसंग दोस्रो विवाह गरेकी मनमायाको जिवनमा ७ दिनमै घट्यो अनौठो घटना — OSNepal

६५ वर्षको उमेरमा इन्डियन आर्मीसंग दोस्रो विवाह गरेकी मनमायाको जिवनमा ७ दिनमै घट्यो अनौठो घटना

LC (KTM) November 19, 2021 0

काठमाडौ । महिलाको श्रीमानसंग कुनै त्यस्तो समस्या थिएन । तर श्रीमान उनीसंग बसेनन् । डिभोर्स नै नभए पनि उनी एक्लै बसिन् । करिब ३० वर्ष एक्लो जिवन बिताइन् । तर ६५ वर्षको उमेरमा उनले दोस्रो विवाह गरिन् । परिवार र आफन्तले जिवनको उत्तरार्धमा साथीको खाँचो पर्छ । एक्लै जिवनको उत्तरार्ध विताउन निकै कठिन हुन्छ भनेर सबैले सम्झाएपछि उनले एक्लो जिवन विताएको ३० वर्ष पछि उनले दोस्रो विवाह गरेकी थिइन् । तर उनको जिवनमा यस्तो पनि भोग्नुपर्ला भन्ने कल्पना पनि गरेकी थिइनन् ।

माइती र दाजुभाई दिदीबहिनीले माया गरेकै थिए तर सबैले जिवनको उत्तरार्धमा मलाई दुख होला भन्ने सोचेर जोडी मिलाइदिए । तर उनैले बाँकी जिवनको खुसी पनि खोसेर लगे । अहिले उनी कहाँ छन् भन्ने थाहा छैन । मनमाया सुनार (वुटवल) को जिवनको कथा हो यो । उनको असार ९ गते विवाह भएको थियो । उनले विवाह गरेर लिएर गए तर म आउँछु है भनेर छोडेर हिँडेका फर्केर आएनन् । उनले कृष्णबहादुर सुनार (इन्डियन आर्मी)संग विवाह गरेकी थिइन् ।

उनको घर पनि भारतमै छ । महिला पनि पहिला भारतमै बस्थिन् । कृष्णबहादुरको श्रीमानको निधन भएका कारण उनी पनि एक्लै थिए । त्यसैले आफ्नै बहिनीले उनीसंग जोडी मिलाइदिएकी थिइन् । पहिलो श्रीमानवाट भएका छोराछोरी तर्फवाट नाति नातिनी पनि भएका थिए । बहिनीले भेट गराएर अब विवाह गर भनेपछि दाई भाउजुले नै टिकाटालो गरेर विवाह गरेर पठाए ।

विवाह गरेर लगेपछि ४ दिन संगै बसे फेरी उनलाई माइत लिएर आए । भारत जानका लागि दुई जनाकै टिकट लिए । म भोली आउँछु भनेर माइतवाट गएका ति श्रीमान फर्केर आएनन् । म सामान ल्याउँछु भनेर गएका उनी फर्केर आएनन् । तर पछि फोन गरेर म त भारत आइसकेँ भनेर खबर गरे । तर त्यसपछि फोन अफ गरेर बसे । फोन नै लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर