नागढुंगामा १८ चक्के ट्रक नालीमा खस्यो — OSNepal

नागढुंगामा १८ चक्के ट्रक नालीमा खस्यो

LC (KTM) November 19, 2021 0

काठमाडौं ३ मंसिर । काठमाडौं स्थित नागढुंगाको सडकखण्डमा १८ चक्के ट्रक नालीमा खसेको छ ।

शुक्रबार अपरान्ह ५ बजेदेखि नागढुंगा चन्द्रागिरी–२ स्थित नागढुंगाको नाग मन्दिर नजिकै सडकछेउको नालीमा खसेपछि बाटो एकतर्फी अवरुद्ध भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अहिले बाटो खुलाउन पहल भइरहेको समेत प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर