प्रचण्डको आँटले मुलुकमा ठुलो परिवर्तन आएको अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको दाबी — OSNepal

प्रचण्डको आँटले मुलुकमा ठुलो परिवर्तन आएको अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको दाबी

LC (KTM) November 20, 2021 0

अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आँट र साहसले मात्रै मुलुकमा ठुलो राजनीतिक परिवर्तन आएको दाबी गरेका छन् । अहिले जति पनि प्राप्त राजनीतिक परिवर्तन छ त्यसको नेतृत्व प्रचण्डले गरेको उनको जिकिर छ ।

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेश समितिले आज काठमाडौँमा गरेको कार्यक्रममा उनले यो कुरा बताएका हुन् । यदि प्रचण्डले यो आँट नगरेको भए अहिले यति धेरै राजनीतिक परिर्वतन नपाईने उनले बताए । माओबादी र यसलाई नेतृत्वमा गर्ने प्रचण्डकै कारण मुलुकमा ब्यापक परिर्वतन आएको कुरालाई स्थापित गर्न आफु निकट पत्रकारहरुलाई उनले आग्रह समेत गरे ।

माओबादीले ल्याएको परिवर्तनलाई बुझाउन नसक्दा अरुले फाईदा लिईरहेको उनको भनाई थियो । नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चारमाध्यमहरुले परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर