बिग बोस १५ मा शकिंग ट्वीस्ट , वाइल्ड कार्ड मार्फत तहल्का मच्चाउन आउँदैछन् रश्मी देशाई र देबोलिना — OSNepal

बिग बोस १५ मा शकिंग ट्वीस्ट , वाइल्ड कार्ड मार्फत तहल्का मच्चाउन आउँदैछन् रश्मी देशाई र देबोलिना

LC (KTM) November 20, 2021 0

बिग बोस सिजन १५ मा अहिले सम्मकै शकिंग ट्वीस्ट देख्न पाईने भएको छ । वीकेन्डका बारमा ३ नयाँ वाईल्ड कार्ड प्रतिष्पर्धीहरुको प्रबेश हुदैछ । वाईल्ड कार्ड मार्फत प्रबेश गर्ने ३ जना मध्ये पहिला पनि बिग बोसको हाउसमा २ जना आईसकेका हुन् । सीजन १३ मा प्रतिष्पर्धी बनेर आएकी रश्मि देसाई तथा उनकी खास साथी देबोलीना भट्टाचार्य वाइल्ड कार्ड मार्फत सीजन १५ मा तहल्का मच्चाउन आउने भएका हुन् ।

यतिमात्र हैन मराठी बिगबोसका हिस्सा समेत रहेका अभिजित पनि साथमा इन्ट्रि मार्ने छन् । यी ३ जनाको वाइल्ड कार्ड प्रबेश संगै विकेण्डको बारमा सलमानको वाक युद्ध र हप्काई समेत देख्न पाईनेछ । बिगबोसमा प्रबेश गर्न लागेका यी ३ प्रतिष्पर्धीहरुले तहल्का मच्चाउने पक्का रहेको छ ।

उनीहरु ३ जनालाई नै बिग बोस हाउसमा सबैभन्दा पहिला कसलाई शिकार बनाउने भन्ने प्रश्नमा देबोलिनाले बिशाल कोटियन, रश्मि देसाईले प्रतीक सहजपाल तथा अभिजितले नेहा भसीनको नाम लिएका छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर