आजबाट दिन तिन सम्म १२ देखि १७ वर्ष उमेरसमुहलाई कोभिडविरुद्धको फाइजर खोप लगाइँदै — OSNepal

आजबाट दिन तिन सम्म १२ देखि १७ वर्ष उमेरसमुहलाई कोभिडविरुद्धको फाइजर खोप लगाइँदै

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप आज आइतबारबाट १२ देखि १७ वर्ष उमेरसमुहलाई लगाइने भएको छ ।आजबाट सुरु हुने कोभिडविरुद्धको फाइजर खोप १२ वर्षमाथिका निरोगी बालबालिका र दीर्घ रोगी सबैलाई लगाइने भएको छ ।

तिन दिन सम्म खोप सञ्चालन हुने भएपनि सिमित मात्रा यो खोप भएकाले पहिले आउनेलाई प्राथमिकता दिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

पाँच ठाउँमा लगाइने यो खोप हरेक खोप केन्द्रमा पाँच सयको हाराहारीमा वितरण गरिने पनि जनाइएको छ ।

तिन दिन सम्म लगाइने यो खोपबाट करिब २७ देखि २८ सय बालबालिकाले मात्रै लाभ लिन पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर