OSNepal शनिबार, मंसिर १८ २०७८

प्रदेश १ मा २१ जनामा संक्रमण , १ जनाको मृत्यु

प्रदेश १ मा २१ जनामा संक्रमण , १ जनाको मृत्यु

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


प्रदेश १ मा २१ जनामा संक्रमण , १ जनाको मृत्यु
Reading Time: < 1 minute

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो ।

झापाको अर्जुनधारा, मेचीनगर, कनकाई, विर्तामोड, गौरादह, कमल र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३, रंगेली र कटहरीमा १–१, सुनसरीको इटहरीमा २ र इनरुवामा १ र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २० महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड