OSNepal बिहिबार, मंसिर १६ २०७८

निरास हुदै प्रियंका चोपडा भन्छिन् ‘म सँग सँगै बसेर साथिहरुले खाना खान मन पराउँदैनथे, किनकि मेरो छालाको रङ कालो थियो’

निरास हुदै प्रियंका चोपडा भन्छिन् ‘म सँग सँगै बसेर साथिहरुले खाना खान मन पराउँदैनथे, किनकि मेरो छालाको रङ कालो थियो’

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


निरास हुदै प्रियंका चोपडा भन्छिन् ‘म सँग सँगै बसेर साथिहरुले खाना खान मन पराउँदैनथे, किनकि मेरो छालाको रङ कालो थियो’
Reading Time: < 1 minute

बलिउडकी सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । बलिउड हुँदै हलिउडका फिल्म तथा टिभी सिरिजहरूमा समेत छुट्टै पहिचान बनाइसकेकी उनी एक समय छालाको रङका कारण अपमानको सिकार भएको बताएकी छन् । त्यतिखेर उनी सामान्य किशोरी थिइन्, स्टार थिइनन् । अमेरिकाको एक स्कुलमा पढ्दाताका उनलाई सहपाठीले ‘ब्राउनी’ भनेर गिज्याउने गर्थे ।

एक अन्तर्वार्तामा प्रियंकाले भारतीय मिडियालाई भनेकी छिन्, ‘मसँग बसेर खाना खान मन पराउँदैनथे । किनकि, मेरो छालाको रङ गोरो थिएन ।’ त्याे तीतो अनुभवका कारण आफ्नो आत्मविश्वास समेत गुमेको बताउँदै आमाले सम्झाएर मात्र आफू यहाँसम्म आइपुगेको उनले बताइन् । ‘आमाले सम्झाउनुभयो,’ उनले भनिन्, ‘तिमी जस्ती छौ, त्यस्तै सुन्दर छौ । राजधानि दैनिकमा खबर छ । कसैका लागि आफूलाई बदल्नु पर्दैन ।’ विश्वसुन्दरी हुँदै बलिउडमा प्रवेश गरेपछि प्रियंकाले गोरो हुने क्रिमको विज्ञापन गरिन् ।

अमेरिकामा साथीसंगीले जिस्काउँदा आफूले गोरो हुने क्रिम प्रयोग गरेको बताइन् । ‘एक रात विज्ञापन गरेर घर फर्किंदा मैले सोचेँ- म के गर्दै छु ?,’ उनले भनिन्, ‘कसरी झुटो सपना बेच्न सक्छु ? किन मैले आफ्नो रङलाई स्विकार्न नसकेको ? मैले नै यसो गरेँ भने देशका हजारौँ महिलाले क्रिम लगाएर गोरो हुने सपना देख्लान् । जबकि, हामीले आफ्नो छालाको रङलाई सहज रूपमा लिनुपर्छ । त्यसदिनदेखि मैले आफ्नो गहुँगोरो रङलाई स्वीकार गरेँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड