OSNepal बिहिबार, मंसिर १६ २०७८

बेमौसमी काउलीको बजार भाउ बढी हुँदा यस खेती तर्फ उत्साहीत छन् शुक्लाफाँटाका किसान

बेमौसमी काउलीको बजार भाउ बढी हुँदा यस खेती तर्फ उत्साहीत छन् शुक्लाफाँटाका किसान

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


बेमौसमी काउलीको बजार भाउ बढी हुँदा यस खेती तर्फ उत्साहीत छन् शुक्लाफाँटाका किसान
Reading Time: < 1 minute

शुक्लाफाँटा नगरपालिका लक्ष्मीपुरका किसानको खेतमा हुर्कदैँ गरेको बेमौसमी काउली । बेमौसमी तरकारीको बजार भाउ बढी हुने हुँदा किसानहरु यस्तो खेती गर्न उत्साहीत हुँदै गएका छन ।

नेपाल–कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा- मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । मुटुका बिरामीका लागि साताव्यापी निःशुल्क मुटु शिविरलाई स्थानीयवासीले अवसरका रूपमा लिएको उहाँले बताउनुभयो ।

अस्पतालमा मुटुरोग परीक्षणका लागि अमेरिकाबाट समेत मुटुरोग विशेषज्ञ आउनुभएको छ । सोही अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा सम्पूर्णमान तुलाधर र डा सञ्जय श्रेष्ठले पनि सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख श्रेष्ठले बताउनुभयो । मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि सुलभ र सहज उपचार सेवा दिन थालिएको छ । टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बनाउन सफल भएको उहाँले बताउनुभयो । अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा रोटरी क्लबको सहयोगमा केही दिनपछि थप चार डायलायसिस मेसिनबाट सेवा दिने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड